दफा ६
लेबल लगाउनु पर्ने
(१) उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेबल लगाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको लेबलमा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः-
(क) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर,
(ख) खाद्य पदार्थ, औषधि र सौन्दर्य सामाग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल,
(ग) गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर,
(घ) वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड ड्फेक्ट),
(ङ) निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि,
(च) वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति,
(छ) इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ग्यारेण्टी वा वारेन्टी र ग्यारेन्टी वा वारेन्टी मिति तथा सो वस्तुसँग सम्बन्धित कानून बमोजिम अन्य आवश्यक कुरा,
(ज) खण्ड (छ) बमोजिमका अवस्थामा कुनै त्रुटि देखिएमा त्यसको शोधभर्ना दिने वा निश्चित अवधिसम्म मर्मत गरिदिने व्यवस्था,
(झ) प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाको लागि अपनाउनु पर्ने पूर्वसावधानी सम्बन्धी विवरण,
(ज) सस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य,
(ट) कुनै वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नु पर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुच्याई प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानी,
(ठ) मानव स्वास्थ्यलाई हानि, पुन्याउने खालका पदार्थहरूको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्वको प्रयोग,
(ड) तोकिए बमोजिमका अन्य कुरा।
(३) उपदफा (२) बमोजिम लेबलमा उल्लेख गर्नु पर्ने कुराहरू सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका वस्तु भए उत्पादकले र पैठारी गरिएका वस्तु भए पैठारीकर्ताले नेपाली वा अङ्ग्रेजी भाषामा लेख्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम लेबल नलगाइएको वस्तु नेपालमा पैठारी र बिक्री वितरण गर्न पाइने छैन।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खुला रूपमा बिक्री गरिने तरकारी, फलफूल जस्ता उपभोग्य वस्तु बिक्री गर्दा यस दफामा लेखिएका कुरा उल्लेख गर्न आवश्यक हुने छैन।
तर पैठारी भएका तरकारी र फलफूलमा लेबल लगाउनु पर्नेछ ।